बामदेव गौतम पनि माओवादीकै चिन्हमा चुनाव लड्ने
- साउन ३१, २०७९
- 0
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईपछि वामदेव गौतम पनि माओवादी केन्द्रको चिन्हमा चुनाव लडने भएका छन ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराले मङ्गलबार बिहान पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा माओवादीले डा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई स्वीकृत गरेको जानकारी दिए ।
भट्टराई र गौतमको विषयमा सत्ता गठबन्धनमा पनि छलफल गरेर टुङ्गो लगाइने महराले बताए ।
आज निर्वाचन आयोगमा भने माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिन्ह दर्ता गर्ने तयारी भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







