दाहाल र भट्टराईबीच साझा चिन्हमा चुनाव लड्ने सहमति, घोषणापत्र पनि एउटै हुने

news-details

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी निर्वाचनका विषयमा छलफल भएको छ ।

अध्यक्षद्वय ‘प्रचण्ड’ र डा. भट्टराईबीच एउटै निर्वाचन चिन्ह लिएर आगामी चुनावमा जाने सहमति भएको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह गोलाकारभित्र हसिँया हथौडा रहेको छ । यही चुनाव चिन्ह लिएर डा. भट्टराईले यसअघिका प्रतिनिधिसभाका दुईवटा चुनावमा जितेका थिए भने पछिल्ला प्रतिनिधिसभाको निर्वाचनमा आँखा चिन्ह लिएर तेश्रो पटक विजयी बनेका थिए ।

पोखरेलका अनुसार उनीहरुबीच गठबन्धनमा जाने र एउटै चुनाव चिन्हमा जाने सहमति भएको छ भने घोषणापत्र पनि मिलेर बनाउने सहमति भएको छ ।

उनका अनुसार भेटवार्तामा माओवादी केन्द्र र नेसपाबीच साझा घोषणापत्रमार्फत् मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जाने सहमति पनि जुटेको हो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया