बालाजुको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा, आगलागीबारे गृहमन्त्री खाणको चासो

news-details

काठमाडौंको बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ ।

काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको चप्पल जुत्ता कारखानामा बुधबार मध्याह्नदेखि आगलागी भएको थियो ।

महानगरीय प्रहरी वृत्त बालाजुले आगो नियन्त्रणमा आएको र के कति क्षति भयो भन्ने विवरण आइनसकेको जनाएको छ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन ।

थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि गृहमन्त्री खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन ।

गृहमन्त्री खाणले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजीपी० रबिन्द्रबहादुर धानुक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौंका जिल्लाका सुरक्षा प्रमुखहरूलाई आगलागी नियन्त्रण यथाशक्य गर्न निर्देशन दिएका हुन ।

एआइजीपी धानुकले गृहमन्त्रीले आगलागी नियन्त्रण थप शक्ति र साधन प्रयोग निर्देशन दिएको बताए । काठमाडौंका प्रजिअ रिजालले विद्युत सट भएर आगलागी भएको र अहिले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया