बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी

news-details

काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी भएको छ ।

बुधबार मध्याह्नदेखि काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिक रहेको जुत्ता चप्पल कारखानामा आगलागी भएको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुले जुत्ता कारखानामा आगलागी भएको जानकारी दिएको छ । बालाजुका प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलमा पुगेका छन् ।

अहिले दकमलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको बालाजुले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया