प्रधानन्यायाधीशको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
- साउन २२, २०७९
- 0
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाइएको छ।
प्रतिनिधि सभामा आइतबार महाअभियोग प्रस्तावमाथि भएको छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले समितिमा पठाउन प्रस्ताव गरेका थिए । सभामुखको प्रस्ताव प्रतिनिधि सभाको बैठकले बहुमतले पारित गरेको हो।
महाअभियोग प्रस्ताव दर्ता भएको पाँच महिनापछि आइतबार प्रतिनिधि सभामा छलफल भएको थियो । सत्तारूढ गठबन्धनका सांसदले प्रधानन्यायाधीश जबरा विरुद्ध गत फागुन १ गते प्रतिनिधि सभामा महाअभियोग दर्ता गराएका थिए।
समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र शिवमाया तुम्बाहाङफे सदस्य छन्।
समितिले तीन महिनाभित्र महाअभियोग अगाडि बढाउने या नबढाउने निर्णय प्रतिनिधि सभामा सिफारिस गर्नेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







