देशभर थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि

news-details

पछिल्लो २४ घण्टामा देशभर ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३३ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया