गुल्मीमा ट्रक दुर्घटनाः एक जनाको मृत्यु
- साउन २२, २०७९
- 0
गुल्मीमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्रक चालक गुल्मी दरवार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन ।
आज बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० मा सिमिचौरबाट तम्घासको देउराली तर्फ आउँदै गरेकोलु १ ख १८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको ट्रक सडकबाट करिव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्रक र चालकलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







