शंकास्पद व्यक्ति चढेको सूचनापछि मुम्बई उड्न लागेको विमान रोकियो, एक जना पक्राउ
- साउन १८, २०७९
- 0
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्।
नेपाल एयरलाइन्सको विमानबाट मुम्बई जान लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेक राईले जानकारी दिए।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कैलाली प्रहरीले भाग्न लागेका व्यक्तिलाई पक्राउ गर्न भन्दै अनुरोध गरेको थियो।
‘कैलालीबाट पक्राउ गर्न आदेश आएपछि अनुसन्धानको लागि भनेर यहाँको प्रहरीलाई अनुरोध गरेको रहेछ। त्यसैले जहाजभित्र चढिसकेका रहेछ,’ उनले भने, ‘त्यसपछि सहकार्य गरेर नेपाल प्रहरीले उनलाई झारेको हो।’
उनका अनुसार केहीबेरमै सो जहाज उड्ने छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







