राष्ट्रपतिद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण
- साउन १८, २०७९
- 0
राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गरेकी छिन ।
सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि सो विधेयक राष्ट्रपति कार्यालयसमक्ष पेश गरिएको थियो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधार २ बमोजिम विधेयक प्रमाणीकरण गरेकी हुन ।
विधेयक प्रमाणीकरणसँगै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







