६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव पक्राउ, गाडीबाट थप १६ लाख ५० हजार बरामद

news-details

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाल (उपसचिव) घुससहित रङ्गेहात समातिएका छन्।

व्यापारीसँग प्याराग्लाइडिङ सञ्चालन अनुमति पत्र मिलाइदिने भन्दै नगद ६ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आज साँझ नक्सालको नागपोखरीस्थित एक होटलको कम्पाउन्डबाट रङ्गेहात समातिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

सरकारी गाडीसहित होटल पुगेका नेपालको गाडी भित्रबाट थप १६ लाख ५० हजार रुपैयाँ समेत बरामद भएको भण्डारीले जानकारी दिए। पक्राउ परेका नेपालमाथि थप अनुसन्धान भैरहेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया