महंगीविरुद्ध काठमाडौंमा एमालेले आज वृहत प्रदर्शन गर्दै

news-details

नेकपा (एमाले)ले महंगीविरुद्ध काठमाडौं उपत्यकामा वृहत प्रदर्शन गर्ने भएको छ ।

सरकारले महंगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा प्रदर्शन गर्न लागेको हो ।

केही दिनअघि पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको बैठकले महंगीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया