जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त, आजै साँझ शपथ ग्रहण हुने
- साउन १५, २०७९
- 0
अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्ति भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै बताएका छन्।
उनको आजै साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । संसदीय विशेष समितिले शर्मालाई निर्दोष सावित गरेसँगै उनलाई फेरि मन्त्रीमा फर्कने बाटो खुलेको हो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







