अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने, आजै सपथको तयारी
- साउन १५, २०७९
- 0
नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन ।
नेता शर्माले अर्थमन्त्रीबाट राजीनामा दिने क्रममा पार्टीले उनी निर्दोष ठहर भएमा पुनः मन्त्रीमा पठाउने निर्णय अनुसार नै अब फेरि शर्मा मन्त्री बन्न लागको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए ।
सोही प्रयोजनका लागि संसदीय छानबिन समिति गठन भई समितिको प्रतिवेदनले उनलाई निर्दोष सावित गरेपछि पुनः अर्थमन्त्री बन्ने ढोका खुलेको हो ।
सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको जनाइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







