एकैदिन ५७७ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया