प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेट

news-details

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गरेका छन । शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर लूले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन ।

भेटमा नेपाल–अमेरिकाबीच मैत्रीपूर्ण सहयोग र सम्बन्धका विषयमा विचार आदान–प्रदान भएको जानकारी प्रधानमन्त्री देउवाले ट्वीटमार्फत सार्वजनिक गरेका छन ।

प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तर विकास सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिँदै अमेरिकी सरकारबाट उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा गरेको उल्लेख गरेका छन ।

भेटमा विगत ७५ वर्षको नेपाल–अमेरिका साझेदारी र जनता–जनताबीचको सुमधुर सम्बन्धलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन ।

दुई दिने नेपाल भ्रमणमा बिहीबार नेपाल आइपुगेका लूले यसअघि परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया