संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन
- साउन १३, २०७९
- 0
बजेटमा करका दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाएको छ।
शुक्रबार समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा समक्ष समितिले तयार पारेको प्रतिवेदन पेश गरेका हुन । सभामुखको निजी सचिवालयका अनुसार संघीय संसद भवनको शंकर हलमा पुगेर समितिले सभामुख समक्ष शुक्रबार दिउँसो प्रतिवेदन पेश गरेको हो।
२०७९ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले टेबुल गर्नुभएको आर्थिक वर्ष २०७९/०८०को आर्थिक विधेयकमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय सार्वजनिक भएपछि असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन भएको थियो।
संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै प्रतिनिधिसभा बैठकमै राजीनामा घोषणा गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







