सरकारले साउन ९ गते अमेरिकालाई एसपीपी अघि नबढाउने पत्र पठाइसकेको छ : परराष्ट्रमन्त्री खड्का
- साउन १३, २०७९
- 0
सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) परियोजना अघि नबढाउने विषयमा अमेरिकालाई पत्राचार गरिसकेको जनाएको छ।
परराष्ट्र मन्त्री डा नारायण खड्काले संसद विशेष समय लिएर जवाफ दिँदै गत साउन ९ गते नै अमेरिकी सरकारलाई पत्राचार गरिएको जानकारी दिए।
‘यहि साउन ९ गते अर्थात् २५ जुलाई २०२२ का दिन कुटनीतिक माध्यामबाट एसपीपि कार्यान्वयन नगर्ने मन्त्रिपरिषद्को निर्णयको लिखित जानकारी अमेरिकी सरकारलाई पठाइएको छ’, मन्त्री खड्काले भने।
सरकारले असार ६ गते मन्त्रिपरिषद् बैठकबाटै एसपिपीमा सहभागी नहुने निर्णय गरे पनि पत्राचार नगरेको भन्दै आलोचना हुँदै आएको थियो। सांसदहरुले निरन्तर प्रश्न उठाउँदै आएपछि सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराउन पनि रुलिङ गरेका थिए।
पत्राचार गर्न ढिलो भएकोबारे बैठकमा बोल्दै मन्त्री खड्काले भने, ‘आन्तरिक परामर्श गर्नुपर्ने भएकाले ढिलो भएको हो।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







