काठमाडौंको चन्द्रागिरिमा राँगोको आतंक, गोली हानेर मारियो
- साउन १३, २०७९
- 0
काठमाडौंको चन्द्रागिरीमा एक राँगोले आतंक मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ।
चन्द्रागिरी नगरपालिका-४ स्थित गोदामचौरमा राँगोले आतंक मच्चाएपछि आज बिहान एक राउन्ड गोली हानी राँगो मारेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए।
नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो।
सो राँगोले त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर लगायतका स्थानमा दौडिएको थियो। त्यसपछि बारीको एक कम्पाउण्डमा छिरेको राँगोलाई गोली हानेर मारेको एसपी मैनालीको भनाइ छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







