अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौ आइपुगे
- साउन १२, २०७९
- 0
संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौ आइपुगेका छन ।
बिहीबार अपराह्न अमेरिकी विदेशमन्त्री लु काठमाडौं आइपुगेका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालस्थित अमेरिकी राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका छन ।
यसअघि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका उनी दुई दिनसम्म नेपालमा रहनेछन । नेपालमा उनले उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नेछन भने काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममासमेत सहभागी हुने बताइएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







