दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३१ यात्रु घाइते, ४ को अवस्था गम्भिर

news-details

नवलपरासी पूर्व (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना भएको छ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएको थियो।

बस सडकमै पल्टेपछि आगलागी भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ३१ जना यात्रु घाइते छन् । आगलागीबाट यात्रु घाइते भएका हुन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेमध्ये केहीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिए।

८ जना घाइतेलाई भने चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया