सिसिटिभी फुटेज रिकभरीपछि फरेन्सिक ल्याबका विज्ञसँग छलफल गर्दै समिति

news-details

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टको प्राविधिक विषयमा फरेन्सिक ल्याबका विज्ञहरुसँग छलफल गर्ने भएको छ ।

मङ्गलबार सिंहदरबारमा विहान बसेको समितिको बैठकले प्रहरीको फरेन्सिक ल्याबको रिपोर्ट ल्याबका विज्ञहरुसँग बाटै जानकारी लिन लागेको हो ।

बैठकपछि समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताए । फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट प्राविधिक भएकाले ल्याबका विज्ञसँग छलफल गरेर थप अध्ययन गर्न आजै अपराह्न ४ बजे बस्ने बैठकमा विज्ञलाई आमन्त्रण गरिएको उनले बताए ।

सचिव अर्यालले ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गरेपछि मात्रै अन्य थप जानकारी दिन सकिने बताए ।

समितिले अर्थ मन्त्रालयको असार १३ र १४ गतेको सिसिटिभी डिलिट भएको जानकारी गराउँदै मन्त्रालयको सिसिटिभीको हार्डडिक्स नै समितिलाई दिएको थियो । समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । फरेन्सिक ल्याबले सोमबार समितिलाई हार्डडिक्स फिर्ता गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया