पाल्पा दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

news-details

पाल्पाको रिब्दिकोटमा आइतबार अपराह्न भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ ।

बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ३ पुरुष र ३ महिलाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह-७ की दिलकुमारी कामी, कपिलवस्तु बाणगंगा–२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी बर्दघाटकी २४ वर्षीय पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीय ओमकला थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया