महँगीविरूद्ध राप्रपा नेपालले गर्‍यो काठमाडौंमा प्रदर्शन

news-details

कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपालले काठमाडौंमा महँगीविरूद्ध प्रदर्शन गरेको छ।

महँगी र कालोबजारी नियन्त्रणलगायत माग राखेर अध्यक्ष थापासहित राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरू सडकमा ओर्लिएका हुन्।

राप्रपा नेपालले धर्म निरपेक्षता र प्रदेश संरचना खारेज गर्न पनि माग गरेको छ।

साथै भ्रष्टाचारीलाई कारबाही गर्न, रोजगारीको ग्यारेन्टी गर्न, विदेशी हस्तक्षेप बन्द गर्न र सनातन हिन्दु राष्ट्र कायम गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया