कांग्रेसले दियो कुमार अधिकारी अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघलाई मान्यता
- साउन ३, २०७९
- 0
नेपाली कांग्रेसका नेता कुमार अधिकारी अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता पाएको छ ।
अधिकारीले २०७२ मंसिर १९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, पर्यटन बिभाग प्रमुख किशोर सिंह राठौरलगायतका कांग्रेसका नेताको उपस्थितिमा प्रथम भेला सम्पन्न गरेका थिए । समृद्धिकालागि पर्यटन भन्ने नारासहितको प्रथम भेला भब्य रुपमा सम्पन्न भए पनि व्यवसायीबीचको खिचातानीले यसले पार्टीबाट आधिकारीक शुभेच्छुक संस्थको रुपमा मान्यता पाउन सकेको थिएन् । तर, सात बर्ष पछि यसले आधिकारीक रुपमा मान्यता पाएको छ ।
नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अहिले देशका सात प्रदेशमा शाखा रहेको अधिकारीले बताए । नेपालको पर्यटन क्षेत्रका समस्यालाई समाधान गर्दै यस क्षेत्रको समग्र विकासका लागि केही योगदान गर्न सकियोस् भन्ने उद्देश्यले अगाडी बढ्ने उनको दृढता छ । नेपाली कांग्रेसले आवश्यकता महसुस गरी शुभेच्छुक संस्थाका रूपमा मान्यता प्रदान गरेकोमा खुशी व्यक्त गरे उनले भने, ‘यो पर्यटन व्यवसायीकै गौरवको विषय हो ।’
पार्टीले पर्यटन व्यवसायीलाई ठुलो हौसला दिएको भन्दै पर्यटन क्षेत्रको विकासका साथै यस क्षेत्रको सबैभन्दा सशक्त सङ्गठन बनाएर अगाडी बढ्ने उनको सोंच छ । देशको आर्थिक मेरूदण्ड रुपमा रहेको पर्यटन क्षेत्रलाई मर्यादित र प्रमुख व्यवसायका रूपमा अगाडि बढाउने उनको अठोट छ । लामो समय बिबाद भए पनि सातबर्षसम्म निरन्तर रुपमा लागेर पार्टीको आधिकारीक शुभेच्छुक संस्था बनाई छाड्ने अधिकारीको पर्यटन क्षेत्रमा गर्बिलो उचाईसमेत बढेको छ ।
युवा व्यवसायी, होटल व्यवसायी र समाजसेवीसमेत रहेका अधिकारीसंग पर्यटन क्षेत्रमा निकै दख्खल छ । लामो संघर्ष र निरन्तरतासंगै यसले आधिकारीक मान्यता पाएसंगै हौसिएका अधिकारीले बिभिन्न कार्यक्रम गर्दे पर्यटन क्षेत्रलाई अगाडी बढाउनेसमेत बताए । पर्यटन व्यवसायीका समस्यालाई उपलब्धिमा रुपान्तरित गर्दे व्यवसायीको हितमा काम गर्ने उनको भनाई छ ।










