काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई आजदेखि बुस्टर मात्रा खोप दिइने
- साउन ३, २०७९
- 0
काठमाडौंमा आज मंगलबारबाट १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ।
जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । साउन ६ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन सकिने भन्दै बुस्टर मात्रा नलगाएहरुलाई खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । साथै ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







