दैलेखमा पानी ट्यांकीमा डुबेर एकै परिवारका २ बालबालिकाको मृत्यु
- साउन ३, २०७९
- 0
दैलेखमा पानी ट्याङ्कीमा डुबेर एकै परिवारका २ बालबालिकाको मृत्यु भएको छ ।
दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको डुबेर मृत्यु भएको हो ।
सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







