एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

news-details

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिएका छन ।

सर्वोच्च अदालतले गत असार ३१ गते प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएसँगै पोखरेलले राजीनामा दिएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।

आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै असन्तुष्ट पोखरेलले सर्वोच्चमा मुद्दा हालेका थिए ।

वैशाख १९ गते सिंह प्रहरी प्रमुख भएसँगै पोखरेल बिदामा बसेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया