कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज सकिँदै
- साउन २, २०७९
- 0
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सम्पन्न हुँदैछ।
आजको बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गत असार २७ गते सुरु भएको बैठकमा पार्टीका प्रदेश सभापतिहरू, केन्द्रीय सदस्य तथा पदाधिकारीले बोलिसकेका छन्। आज सभापति शेरबहादुर देउवा बोल्ने र निर्णयको माइन्युटिङसहित बैठक सम्पन्न गर्ने तयारी छ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगन थापाका बैठकका प्रस्ताव र प्रवक्ता डा प्रकाशशरण महतको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको प्रतिवेदनमाथि छलफल भएको मुख्यसचिव पौडेलले बताए।
यस्तै बैठकमा सरकारका काम तथा पार्टी नेतृत्वको भूमिकामाथि पनि छलफल भएको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







