एलसीके वन्डर उमनसहितका संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

news-details

लायन्स क्लब अफ काठमाडौं वन्डर उमन लायन्स क्लब अफ काठमाडौं रक्तदाता समुह, लायन्स क्लब अफ काठमाडौं समाखुशी र नक्साल भगवती सामुदायिक सदन परिवारकोे संयुक्त आयोजनामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गत शुक्रबार काठमाडौंको नक्सालस्थित भगवती बहाल मन्दिर परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौं वन्डर उमनकी चार्टर प्रेसिडेन्ट लायन मेघा तिमिल्सिनाले आफ्नो जन्मदिनको अवसरमा रक्तदान नै जिवनदान हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।


विभिन्न क्लवहरुसँग सहकार्य गरि विगतदेखि नै यस्ता थुप्रै सामाजिक कार्यहरु गर्दै आईरहेको बताउँनुहँदै निवर्तमान अध्यक्ष तिमिल्सिनाले र गत चैत्र महिनामा नुवाकोटमा भव्य स्वास्थ्य शिविरको आयोजना गरी ८५३ जना मानिसहरुले सेवा समेत लिएको स्मरण गराउनुभयो ।

त्यस्तै वन्डर उमनकी प्रेसिडेन्ट लायन कल्पना चौहानले एक वर्षभरमा ५ देखि ६ पटकसम्म रक्तदान कार्यक्रम गराउने र थुप्रै सामाजिक कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । चार्टर प्रेसिडेन्टले गरेको कामप्रति सन्तुष्ट भएको बताउनुहुदै प्रेसिडेन्ट चौहानले आफुपनि वहाँको कामलाई फलो गर्दै जाने बताउनुभयो ।


कार्यक्रममा नक्साल भगवती सामुदायिक सदनका उपाध्यक्ष सैलेन्द्रराज कर्निकारले लायन्स क्लव अफ काठमाडौंसँग आवद्ध संस्थाहरुसँग सहकार्य गरेर रक्तदान कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।

लायन्स क्लब अफ काठमाडौं वन्डर उमन स्थापनाकालदेखि नै विभिन्न क्लवहरुसँग सहकार्य गरेर थुप्रै सामाजिक कामहरु गर्दै आएको छ । रक्तदान कार्यक्रम आयोजनादेखि सार्वजनिक शौचालय हस्तान्तरण, सडक सरसफाई, दुखि गरिबहरुलाई खाद्यन्न लत्ताकपडा वितरण, प्राकृतिक विपत्तिको समयमा खाद्यन्न आर्थिक सहयोग साथै वृहत स्वास्थ्य शिविरको आयोजना जस्ता थुप्रै सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

आगामी दिनमा पनि विशेषगरी महिलाहरुको स्वास्थ्यसम्बन्धि शिविरको आयोजना गर्ने प्रतिवद्धता समेत चार्टर प्रेसिडेन्ट तिमिल्सिनाको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया