मंगलबारदेखि देशभर भारी वर्षाको सम्भावना
- साउन १, २०७९
- 0
देशभर मंगलबारदेखि भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
अहिले दक्षिणतर्फ रोकिएर रहेको मनसुनी रेखा उत्तरतर्फ सर्ने भएकाले आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।
मंगलबार रातिदेखि देशभर ३ ४ दिन भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस समयमा टाढाको यात्रामा नजान सजग गराइएको छ ।
केही दिनदेखि पानी पानी नपर्दा देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो र सुक्खा हावा चल्न थालेको छ ।
पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी परेर बिहान बेलुका केही शीतल महसुस भए पनि तराईका जिल्लामा केही दिनयता पानी नपर्दा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







