कोरोना पीडितको राहत वितरणमा दलीय भागबण्डा भएपछि झडप, १८ जना घाइते

news-details

नवलपरासीमा कोरोनापीडितको राहतमा राजनीतिक भागवण्डा गरेको भन्दै झडप भएको छ ।

जनप्रतिनिधिहरुले विपन्नहरुले पाउने राहतमा पनि दलीय आधारमा भागबण्डा गरेपछि भएको झडपमा १८ जना घाइते भएका छन् ।

भागवण्डामा कुरा नमिलेपछि सरावल गाउँपालिकाको वडा नं. ५ मा कुटाकुट भएको हो ।

जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् ।

घाइते १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झडपमा १० जना एमाले र ८ जना कांग्रेस कार्यकर्ताहरु घाइते भएका छन् । दुई पक्षले इट्टा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् ।

कोरोनाबाट प्रभावित अतिविपन्नका लागि संघीय सरकारबाट गाउँपालिकाको वडा नं ५ मा आएको रकम वितरणका लागि आएको नाममा विवाद हुँदा भएको कुटाकुटमा भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया