राष्ट्रपतिले गराइन् ७ नवनियुक्त राजदूतलाई शपथ

news-details

राष्ट्रपति विद्यादेवी भण्डारीले आज ९शुक्रबार० ७ देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

महाराजगन्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा उनले राजदूतहरुलाई शपथ गराएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

सरकारले वासुदेव मिश्रलाई श्रीलंकाका लागि‚ घनश्याम भण्डारीलाई बंगलादेशका लागि‚ तीर्थराज वाग्लेलाई बहराइनका लागि‚ डोरनाथ अर्याललाई ओमानका लागि नेपालको राजदूतमा नियुक्त गरेको छ।

यसैगरी नवराज सुवेदीलाई साउदी अरेबियाका लागि‚ सुशीलकुमार लम्साललाई इजिप्टका लागि र भरतकुमार रेग्मीलाई अस्ट्रियाका लागि नेपालको राजदूत तथा संयुक्त राष्ट्रसंघको कार्यालय भियनाका लागि स्थायी प्रतिनिधिसमेत नियुक्त गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया