एआईजी पोखरेलद्धारा दायर रिट सर्वोच्चद्वारा खारेज

news-details

सर्वोच्च अदालतले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा। कुमार चुडालको संयुक्त इजलासले आईजीपी बढुवाविरुद्ध एआईजी पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो।

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा शुक्रबार एआईजी पोखरेल पक्षका वकिलले जवाफी बहस गरेसँगै फैसला आएको हो।

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा शुक्रबार आईजीपी नियुक्तिसम्बन्धी मुद्दा पाँचौ पटक सुनुवाइ भएको थियो। संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भइसकेको थियो।

प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको थियो। गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया