सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सत्ता गठबन्धनमा सहमति
- असार ३१, २०७९
- 0
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति जुटेको छ ।
पाँचदलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले शुक्रबार बिहान बसेको गठबन्धन बैठकमा उक्त सहमति जुटेको जानकारी दिए ।
‘‘सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको छ ,’’ उनले भने, ‘‘सङ्क्रमणकालीन न्यायसँग जोडिएको कानुन आजै बस्ने संसद बैठकमा पेश हुन्छ ।’’
यता, गठबन्धन बैठक सकेलगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिए ।
प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







