उपसभामुखका लागि आज उम्मेदवारी दर्ता, सत्ता गठबन्धनले सांसद पुष्पा भुषाललाई अघि सार्ने
- असार ३०, २०७९
- 0
प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारीको सूचना दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने र १स्३० बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।
भोलि दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुने छ । निर्वाचनको कार्यतालिका हिजो प्रकाशन गरिएको हो ।
यसैबीच गठबन्धनको तर्फबाट उपसभामुखको उम्मेदवार नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाललाई अगाडि बढाउने कांग्रेसको तयारी छ ।
भुषालको उम्मेदवारीलाई गठबन्धनमा छलफल गरी सहमति जुटाएर अघि बढ्ने तयारी गरिएको नेता मीन विश्वकर्माले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







