उपसभामुखको निर्वाचन शुक्रबार हुने, यस्तो छ निर्वाचन कार्यतालिका
- असार २९, २०७९
- 0
प्रतिनिधिसभा उपसभामुखको निर्वाचन असार ३१ गते अर्थात् शुक्रबार हुने भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकेको जानकारी दिए । निर्वाचान शुक्रबार दिउँसो ३ बजे गर्ने गरी सभामुखले मिति र समय निर्धारण गरेका हुन ।
साथै उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई उपसभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशित गर्न निर्देशन दिएका छन ।
सचिव योगीले सोही नियमावलीको उपनियम १ बमोजिम निर्वाचन कार्यतालिका प्रकाशन गरेका छन ।
प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ ।
यस्तो छ निर्वाचन कार्यतालिका
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








