गर्भवती महिलालाई बलात्कार गर्ने युवक पक्राउ
- असार २९, २०७९
- 0
घरमा कोहि नभएको मौका छोपी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा प्रहरीले एक २० वर्षीय युवकलाई पक्राउ गरी सर्वजनिक गरेको छ ।
नातामा आफ्नै कार्की पर्ने पाँच महिनाकी गर्भवती २४ वर्षीय महिलालाई करणी गरेको अभियोगमा २० वर्षीय ती युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
गत बिहिवार बेलुका घरमा कोही नभएको मौका छोपी युवक महिलाको कोठामा प्रवेश गरी सलले मुख थुनेर बलात्कार गरेको निजका श्रीमानले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायक उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनले रोजगारीका सिलसिलामा भारतमा रहेका श्रीमान घटना बारे जानकारी पाई घर फर्किएको र असार २७ गते प्रहरीमा उजुरी दर्ता गराएपछि सोही दिन अभियुक्तलाई निजको घरबाट पक्राउ गरिएको हो ।
पक्राउ गरिएका युवकलाई जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । -रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







