आजदेखि काठमाडौं उपत्यकामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने
- असार २९, २०७९
- 0
निर्वाचन आयोगले आज बुधबारदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
पाइलट अपरेसनका रुपमा बुधबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरबाट अनलाइनमार्फत् नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका हुन ।
पौडेलका अनुसार पहिलो चरणमा उपत्यकाका तीन वटा जिल्लामा मात्र अनलाइन सुविधा रहेको छ ।
फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले आयोगको वेवसाइटमा गएर व्यक्तिगत विवरण भर्न सक्नेछन् । त्यसपछि अनलाइन फारममा उल्लेख भएको संकेत नम्बरसहित प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







