गणपूरक सङ्ख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक स्थगित
- असार २८, २०७९
- 0
अविनाश चौधरी / गणपूरक सङ्ख्या नपुगेपछि आज मध्याह्न १२ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । ५१ जना प्रदेश सभा सदस्य रहेकोमा जम्मा नौ जना प्रदेश सभा सदस्यको मात्रै उपस्थिति भएको थियो ।
गणपूरक सङ्ख्या नपुगेकाले अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले बताए । ‘आजको बैठकमा गणपूरक सङ्ख्या पुगेन’, उनले भने ‘बैठक सञ्चालन हुनका लागि एक चौथाइ अर्थात् १४ जना सदस्यको उपस्थिति आवश्यक पर्दछ ।’
प्रदेश सभा बैठकमा उपस्थित भएका प्रदेश सभा सदस्यहरु सत्ता पक्षका मात्रै रहेका थिए भने प्रतिपक्षीको उपस्थिति थिएन । प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दल नेकपा ९एमाले०, राजपा र लोसपाका प्रदेश सभा सदस्यहरुले हिजोदेखि प्रदेश सभाको बैठक बहिस्कार गरिरहेका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







