संघ र प्रदेश निर्वाचनको तयारी तथा रणनीतिका विषयमा काँग्रेस केन्द्रीय समिति बैठकमा छलफल
- असार २७, २०७९
- 0
नेपाली कांग्रेसले स्थानीय निर्वाचनको समिक्षासँगै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रणनीतिका बारेमा पार्टी केन्द्रीय समितिमा आजबाट छलफल सुरु गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा स्थानीय निर्वाचनको समिक्षा र आम निर्वाचनको रणनीति विषयमा नेताहरुले धारणा राखेका छन ।
बैठकमा नेताहरुले सरकारको काम कारवाहीको सम्बन्धमा समेत समिक्षा गरेका छन ।
त्यसैगरी बैठकमा यसअघि बसेको पार्टी पदाधिकारी बैठकको निर्णयअनुसार भ्रातृ र शुभेच्छुक संस्थाको आबद्धता र पूर्णता नपाएका विभागहरूको बारेमा पनि छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन ।
बैठकमा आज सातै प्रदेशका सभापतिहरूले आफ्नो धारणा राखेका छन ।
कार्य समितिको बैठक मंगलबार पुनः दिउँसो १ बजे बस्नेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







