नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

news-details

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्ने भएको छ ।

लामो समयपछि बस्न लागेको बैठकमा संस्थापन र संस्थापन ईतर पक्षले आ–आफ्ना तयारी गरेका छन् ।

केन्द्रीय समिति बैठक अघि आइतबार बसेको पदाधिकारी बैठकले कांग्रेसले पार्टीका भातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले भातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको हो । उक्त विधान मस्यौदालाई सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा पेशगर्ने तयारी छ ।

केन्द्रीय समितिबाट विधान मस्यौदाको प्रस्ताव निर्णय हुने र सोही अनुसार भ्रातृ तथा शुुभेच्छुक संस्था थपघट हुने बताइएको छ । पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले करिब एक दर्जन संख्यामा भातृ शुभेच्छुक संस्था थप्ने प्रस्ताव गर्ने निर्णय पदाधिकारी बैठकले गरेको बताएका हुन । विभिन्न क्लस्टर, जात र भूगोल विशेषबाट आबद्धता खोजिएको उनले बताए ।

कांग्रेसमा हाल १३ वटा भातृ र १९ वटा शुभेच्छुक संस्था रहेका छन् । जसमा केही थपघट हुने गरी मस्यौदा तयार गरिएको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया