बुढीगंगाको मेयर-उपमेयरमा एमाले बिजयी

news-details

बूढीगंगा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर बाँनिया नगरप्रमुखमा विजयी भएका छन । बाँनियाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका रंगबहादुर खातीलाई १ हजार ३ मतान्तछरले पराजित गरेका हुन ।

आइतबार पूरा भएको मतगणनामा बाँनियाले चार हजार ७७७ मत पाएका थिए भने काँग्रेसका नगरप्रमुखका उम्मेदवार खातीले तीन हजार ७७४ मत प्राप्त गरेका थिए ।

यस्तै उपप्रमुखमा पनि एमालेकै माया कुँवर विजयी भएकी छिन । कुँवर चार हजार ७२७ मत पाएर विजयी भएकी हुन । उनकी प्रतिस्पर्धी काँग्रेसकी रिता शाहीले तीन हजार ७५५ मत पाइन ।

१० वटा वडा रहेको बूढीगंगामा एमालेले वडा वडानम्बर १, २, ३, ५, ६, ९ र १० गरेर सात वडा जितेको छ । भने वडानम्बर ४, ७ र ८ मा काँग्रेस उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोग नेपालले वैशाख ३० गतेको मतदान रद्ध गरेपछि बूढीगंगामा असार २३ मा दोस्रो पटक निर्वाचन भएको थियो ।

बूढीगंगामा नगरपालिका १३ हजार ६५९ मतदाता रहेका रहेकोमा असार २३ गतेको चुनावमा ६६।८३ प्रतिशत अर्थात नौ हजार १२८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया