मेरो तलबबाट यमबुद्धको शालिक बनाउँछु : मेयर बालेन
- असार २५, २०७९
- 0
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यमबुद्धको नामले परिचित र्यापर अनिल अधिकारीको शालिक आफ्नै तलबबाट बनाउने घोषणा गरेका छन ।
यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, मेयरले आफ्नो प्राथमिकताविपरीत लन्डनमा ६ वर्षअघि आत्महत्या गरेका गायक यमबुद्धको शालिक बनाउन लागेको भन्दै चर्को विरोध भएको थियो ।
मेयर बालेले शनिबार फेसबुकमा लेखेका छन, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु ।’
शालिक कहाँ स्थापना गर्ने भन्ने यकिन भएको छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







