जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा आज नेपालमा राष्ट्रिय शोक मनाइदै

news-details

जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको निधनमा आज नेपालमा राष्ट्रिय शोक मनाइने भएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी उहाँको निधनमा आज राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ ।

नेपाल सरकारले राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको गोली हानी हत्या भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेको छ ।

सरकारले उहाँको परिवार, जापान सरकार र जापानी जनाताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया