कान्छो आरोहीको विश्व कीर्तिमान राखेका शम्भु तामाङको निधन
- असार २३, २०७९
- 0
सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल शम्भु तामाङको निधन भएको छ।
क्यान्सर रोगबाट पिडित ७० वर्षीय तामाङको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा बिहिबार निधन भएको परिवारले जनाएको छ।
तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको आरोहण गरेका थिए। त्यसबेला उनी १७ वर्षका थिए। तामाङद्वारा स्थापित विश्व रेकर्ड सन् २००१ मा अर्का नेपाली आरोही तेम्बाछिरीले १६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि मात्र तोडिएको थियो।
उनको जन्म २००९ साल, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा भएको हो । उनी हाल काठमाडौंको महाराजगन्ज बस्दै आएका थिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







