कांग्रेस पदाधिकारी बैठक आज बस्दै
- असार २१, २०७९
- 0
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ ।
समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न डाकिएको बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने छ ।
बैठकमा यही असार २७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डामाथि पनि छलफल हुने छ ।
यस्तै, स्थानीय तह निर्वाचनको समिक्षा र भ्रातृ संस्थाहरुको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरु तथा संसदीय बोर्ड गठनमा बेवास्ता गरेको भन्दै संस्थापन ईतर पक्षले छुट्टै भेला गर्ने अवस्था आएपछि बल्ल पदाधिकारी बैठक डाकिएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







