एसपीपीबारे औपचारिक पत्र पठाएको छैन : परराष्ट्र मन्त्रालय

news-details

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्काल हस्ताक्षर नगर्ने निर्णय गरेपनि औपचारिक रुपमा पत्र भने पठाइ नसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपी अध्ययनकै क्रममा रहेकोले प्रकृया अघि बढाउने या नबढाउने विषयमा तत्काल पत्र नपठाएको बताइन । उनले सरकारले गरेको निर्णय नै कार्यान्वयन हुने भन्दै गहिरो अध्ययन गरेर मात्र डिप्लोम्याटिक तरिकाले पत्र पठाउने बताइन ।

त्यस्तै कोरोना संक्रमणका कारण बीचैमा पढाइ छोडेर नेपाल फर्किएकालाइ कुटनीतिक पहलमा ५ जुलाइ २०२२ देखि चीन पठाउन थालिएको बताए । उनले ८ सय ८५ मध्य २ सय ५० जना पहिलो चरणमा जान लागेको समेत बताइन ।

प्रवक्ता लम्सालले परराष्ट्रमन्त्रालयले गरेका गतिविधिबारे जानकारी दिदै मन्त्रालयले राहदानी बापत मात्र ३ अर्व १७ करोड ४६ लाख २० हजार रुपैया राजस्व संकलन गरेको बताइन । विभागले हाल दैनिकरुपमा ६ हजार ५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको र हरेक जिल्लामा एक हप्ता भित्रमै राहदानी दिन थालिएको समेत उनको भनाई छ ।

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणका विषयपनि छलफल भइरहेको बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया