केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत फेला
- असार १९, २०७९
- 0
काठमाडौंको बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत फेला परेकी छन्।
काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकराी दिए। अहिले
छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए।
उनको शव घटनास्थलमै छ। ‘स्कुलको ग्राउण्ड फ्लोरमा रहेको होस्टलको रुममा उनी मृत भेटियकी हुन्,’ एसपी मैनालीले भने, ‘हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन्। घटनाको अनुसन्धान भइरहेको छ।’
युवती विगत ५ वर्षदेखि स्कुलको क्यान्टिनमा कार्यरत रहेको बुझिएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







