काँग्रेस उपसभापति गुरुङ सवार गाडी ठूलो दुर्घटनाबाट जोगियो
- असार १६, २०७९
- 0
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटना जोगिएको छ । ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडीले सडक छोडेको हो ।
गुरुङका अनुसार ओखलढुंगाका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो ।
ढुंगाको आडमा रोकिएको उपसभापति गुरुङले जानकारी दिए । गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए ।
गाडी अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले बताए । गाडीमा सवार सबै जना सकुशल रहेको उनले बताए ।
सम्बन्धित शीर्षकहरु










