चितवनबाट पेस्तोलसहित युवा पक्राउ
- असार १३, २०७९
- 0
जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ।
भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल भरतपुर–५ विकासचोक बस्दै आएका ३२ वर्षका प्रकाश विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको कोठामा चेकजाँच गर्दा पेस्तोल, गोली, एक लाख १४ हजार, सुनको सिक्री र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
-रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







